सहकारीमा सुशासनः प्रविधि र एकिकरण ! ६७औं राष्ट्रिय सहकारी दिवस। ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमासम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहकारीकर्मीहरु लगायत शुभेच्छुक महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबुचोक, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीद्धारा प्रकाशित क्यालेण्डर २०८१ सार्वजनिक !

२०८१ , २० चैत्र मंगलबार , काठमाण्डौ । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी विभागद्धारा आयोजित मूल समारोहमा म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. गोंगबुद्धारा प्रकाशित २०८१ सालको टेबल क्यालेण्डर सामुहिक रुपमा सार्वजनिक गरिएको छ। प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारी ज्यू , मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीज्यू, रजिष्ट्रार पिताम्वर घिमिरे ज्यू र उपरजिष्ट्रार टोलाराज उपाध्याय ज्यूबाट क्यालेण्डर सार्वजनिक गरी सहयोग गर्नुहुने माननीय मन्त्री,सचिव,रजिष्ट्रार र उपरजिष्ट्रारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै, यस अवसरका लागि सहकारी विभागप्रति हार्दिक आभार एवम धन्यवाद प्रकट गर्दछौं। यस संस्थाले थपिएको कालापानी,लिम्पियाधुरा र लिपुलेकको भुभाग सहितको नयाँ नक्सा आम जनतालाई जानकारी गराउने उद्देश्यले २०७७ साल देखि नियमितरुपमा प्रकाशन गर्दै आएको छ। अन्तमा ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायत समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।