सहकारीमा सुशासनः प्रविधि र एकिकरण ! ६७औं राष्ट्रिय सहकारी दिवस। ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमासम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहकारीकर्मीहरु लगायत शुभेच्छुक महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबुचोक, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीको अध्यक्षमा थदेवी पुन, शेयरधनीले ९.५ प्रतिशत लाभाँश पाउने

२०८०, २३ मंसिर शनिबार, काठमाण्डौ । १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा २०८०, २३ मंसिर शनिबार, काठमाण्डौ । १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन्त्याल,सह–सचिवमा छकप्रसाद शेरचन र सदस्यहरूमा क्रमश केशबहादुर गौचन,लेपप्रसाद पुर्जा,गीताकुमारी रावल,खिमबहादुर गुरुङ्ग,धनबहादुर भुजेल,हर्कनारायण घर्तिमगर,हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् । साधारणसभाबाट लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरूमा मदन थापा र धनबहादुर छन्त्याल सर्वसम्मत निर्वाचित भएको सहकारीका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले बताए । साधारणसभाको उद्घाटन गदैं म्याग्दी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाबाट (खम्वीर)ले काठमाडौंमा भएका म्याग्देलीहरूलाई संगठित भएर वित्तिय कारोबारका लागि स्थापना भएको सहकारीले वित्तियसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय भएको बताए । प्रतिनिधिसभा सदस्य गर्बुजाले काठमाण्डौमा सञ्चालन भएपनि सहकारीले म्याग्दीका सबै भुगोललाई समेटेर सेयर सदस्यता वितरण गरेर सहकारी अभियानलाई बलियो बनाएको बताए । त्यसैगरी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य बिमला गौचनले म्याग्दी सहकारीले महिला नेतृत्वका विकासमा उदाहरणिय भूमिका खेलेको प्रति सहकारीको प्रशंसा गरेकी थिईन् । उनले काठमाण्डौमा महिलाको नेतृत्वमा सहकारी संचालन भई वित्तिय सूचकमा अब्बल हुनु ठुलो सफलता भएको बताईन् । त्यसैगरी गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्माले केही सहकारीमा समस्या देखिए पनि म्याग्दी सहकारी संकटबाट मुक्त रहेको र सबै सेयर सदस्यहरुको एकता र सहकार्यले सफलता प्राप्त गरेकोमा खुसी ब्यक्त गरेका थिए । साधारणसभाको अवसरमा धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठ र सहकारी अभियन्ता डिल्लीराम तिवारीले अहिलेको विषम परिस्थितिमा सहकारी सञ्चालनमा सजक हुनुपर्ने बताए । त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले सहकारीमा ज्ञान सीप र क्षमताका सदस्यहरुको सामुहिक योगदानलाई सधै सम्मान गर्ने गरिएको बताए । वार्षिक साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधीसभाका सदस्य माननीय खमबहादुर गर्बुजा,गण्डकी प्रदेशसभाका सदस्य माननीय बिमला गौचन र गण्डकी प्रदेश सरकारका मूख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्मालाई संस्थाको तर्फबाट बधाई सहित शुभकामना पत्र प्रदान गरिएको थियो । अध्यक्षमा थदेवी पुनद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थाको आ.व. २०७९÷८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत शेयर लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थामा बचत तथा ऋणमा योगदान गरी १ लाखको शेयर खरिद गरेका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा.हुमबहादुर बरुवाल, डा. दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले र स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गरेका थिए । साधारणसभामा कलाकारले समेत सांगितिक प्र्रस्तुती दिएका थिए ।