सहकारीमा सुशासनः प्रविधि र एकिकरण ! ६७औं राष्ट्रिय सहकारी दिवस। ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमासम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहकारीकर्मीहरु लगायत शुभेच्छुक महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबुचोक, काठमाडौँ ।

News & Events

नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस

३१ जेष्ठ २०८० ,काठमाण्डौ।काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य बन्नु भएका शहिद गंगलाल हृदय केन्द्रका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. रवि मल्ल (राखु), प्रो.डा. हुमबहादुर बरुवाल (घार) र सामाजिक मनोविज्ञानमा विद्यावारिधि गर्नु भएका डा. दलिपकुमार मल्ल (राखु) लाई संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले स्वागत गर्नु भएको थियो । देशमा वित्तिय समस्या देखिदा समेत संस्थाले सदस्यहरुको बचतको सुरक्षा गर्दै, सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारी सफल रुपमा संचालन गरेकोमा धन्यवाद दिनु हुँदै नेफस्कुनका केन्द्रीय सदस्य न्हुछेनारायण श्रेष्ठ, धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका प्रबन्धक विनोद भट्टराईले सहकारीको सिङ्गो टिमको कुशल कार्यकुसलताको प्रशंसा गर्नु भयो । सो अवसरमा नयाँ थपिएका सदस्यहरुले हालसम्म वित्तिय र सामाजिक क्षेत्रमा म्याग्दी सहकारीले पु¥याएको योगदानको प्रशंसा गर्नु हुँदै अवका दिनमा एउटा सदस्यले निभाउनु पर्ने जिम्मेवारी र कर्तव्यप्रति सचेत हुँदै सकेको योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहकारीको सिद्धान्त अनुसार बचत तथा ऋणको कारोवारसंगै स्थापनाकाल देखि नै सामाजिक उत्तरदायीत्वका काम गर्दै आएको यस सहकारीका ४० करोड बचत संकलन, ४१ करोड भन्दा बढि ऋण लगानी गर्दै हालको वित्तिय समस्यालाई ध्यानमा राखि २७ प्रतिशतको तरलता राखी वित्तिय व्यवस्थापन गरेको कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष थदेवी पुन र उपाध्यक्ष सुशिला शेरचनले संयुक्तरुमा द्धीप प्रज्वलन गरी शुभारम्भ गरिएको सो दिवसमा संचालक तथा महिला उपसमितिका संयोजक गीताकुमारी रावल र सदस्य मीना छन्त्यालले उपस्थित सदस्यहरुलाई मिठाई प्रदान गर्नु भएको थियो ।