६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

न्यूज एंड इभेन्ट

नयाँ कार्यसमिति चयन गर्दै : १२औं बार्षिक साधारणसभा सम्पन्न

यहि मिति २०७६ साल मंसिर २१ गते शनिबार यस म्याग्दी वचत तथा ऋण सहकारी संस्था लि. को १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमती थदेवी पुन ज्यूको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि महालेखा नियन्त्रक एवं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव श्री गोपीनाथ मैनाली ज्यूले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि महालेखा नियन्त्रक श्री गोपीनाथ मैनाली ज्यूले समारोहलाई सम्बोधन गर्दै आफूले सहकारी मन्त्रालय छाडे पनि सहकारी क्षेत्रसंग सम्बन्धित गतिविधि नछाडेको बताउनुभयो । सहकारी क्षेत्रले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले सहकारीमा वित्तीय सुशासन, पारदर्शीता र सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका कार्यान्वयनमा जोड दिनुभयो । सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाई थियो । साधारणसभाले म्याग्दी सहकारीमा नयाँ संचालक समिति पनि निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले थदेवी पुनको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी, थमबहादुर छन्त्याल र धनलाल जैशीलाई चयन हुनुभएको छ । यसैगरी समितिको सचिवमा दिपबहादुर छन्त्याल, कोषाध्यक्षमा इन्द्रजीत छन्त्याल, सहसचिवमा टकबहादुर थापा र सहकोषाध्यक्षमा छकप्रसाद शेरचन निर्वाचित हुनुभएको छ । समितिमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल र हर्कनारायण घर्तीमगर सदस्यमा चुनिनु भएको छ । त्यसैगरी सभाले चित्रबहादुर पुनको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गरेको छ । समितिमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल सदस्य हुनुहुन्छ । यसैगरी कार्यक्रममा बोल्दै नेपाल कोअपरेटर्स एलाइन्सका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक श्री डिल्लीराम तिवारीले सहकारीले पैसा किन्ने र बेच्ने मात्र नभई उत्पादनशील क्षेत्रमा समेत लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारी ऐन कानुनमा भएका सम्पूर्ण प्रावधान तुरुन्त अक्षरस लागू गर्न नसकिने विचार राख्दै सदस्यहरुलाई संस्थाका राम्रा/नराम्रा कामलाई केलाएर हेर्न सुझाव दिनुभयो । त्यस्तै साधारणसभामा शुभकामना मन्तव्य राख्दै धौलागिरि समूहका अध्यक्ष श्री श्याम श्रेष्ठले सहकारी सम्बन्धी ऐन कानुनमा धेरै अवरोध रहेकाले सहकारीलाई कामगर्न असहज भएको जिकीर गर्नुभयो । खराब काम गर्ने सीमित सहकारीलाई आधार मानेर कानुन बनाईएकाले समस्या आएको उहाँको तर्क थियो । संस्थाका सल्लाहकार डा. ज्योति शेरचनले सहकारीको साधारण सभालाई वार्षिक पर्बको रुपमा चित्रण गर्दै सदस्यहरुलाई संस्थाका गतिविधिको विश्लेषण गरेर जिज्ञाशा राख्नुका साथै आवश्यक सल्लाह समेत दिन सुझाव दिनुभयो । यसैगरी समारोहलाई सम्बोधन गर्दै सहकारी हकहित राष्ट्रिय समाजका उपाध्यक्ष श्री गोविन्द गिरीले सहकारी सम्बन्धी ऐन तथा नियमावलीमा अझैपनि धेरै अव्यवहारिक विषयहरु रहेकाले कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने धारणा राख्नुभयो । उहाँले सदस्यहरुलाई संस्थाका गतिविधिप्रति प्रति चनाखो रहनुका साथै सक्रियरुपमा सहभागी हुन आग्रह गर्नुभयो । साधारणसभामा संचालक समितिको तर्फबाट प्रबन्धक श्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ८ सय ६८ जना महिला र ७ सय ९२ जना पुरुष गरि १ हजार ६ सय ६० जना शेयर सदस्य रहेको जानकारी दिनुभयो ।साथै संस्थाले गत असार मसान्त सम्ममा संस्थाले शेयर पुँजी ७ करोड ५० रुपैयाँ, बचत संकलन ३९ करोड १८ लाख रुपैयाँ र कर्जा लगानी ३७ करोड १८ लाख रुपैयाँ रहेको बताउनुभयो । सोहि अवसर पारेर संस्थाले २०७५ सालको एसईई परीक्षामा म्याग्दी जिल्लाको सामुदायिक एबं संस्थागत बिद्ध्यालयबाट सर्बोत्कृस्ट हुने चारजना छात्र/छात्रा एबं शेयर सदस्यका छोराछोरीहरु मध्येबाट उत्कृत्ट जीपीए ल्याउने दुईजना विद्यार्थीलाई पुरस्कृत एबं सम्मानीत गरेको छ । शेयर सदस्य एबं लोकप्रिय लोकगायक श्री खड्ग गर्बुजाले सांगीतिक प्रस्तुति दिदै कार्यक्रमलाई थप मौलिक एबं आकर्षक बनाउनु भएको थियो । सो साधारणसभामा उपाध्यक्ष सुशिला शेरचनले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव दिपबहादुर छन्त्यालले गर्नुभएको थियो । संस्थाले आगामी वर्ष वचत संकलन ४५ करोड एबं कर्जा लगानी ४४ करोड पुर्याउने लक्ष्य र कार्यक्रम पारित गर्दै १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।