६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

न्यूज एंड इभेन्ट

म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण

काठमाडौँ २ चैत । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको १२ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाको महिला उपसमितिको आयोजनमा सहकारीमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिवार संस्थाको कार्यालय गोंगबुमा सम्पन्न भएको छ। उपसमितिका संयोजक गीता रावलको अध्यक्षता तथा सहकारीका अध्यक्ष थदेवी पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिलाको सहभागिता र भूमिकाको विषयमा माग गरे पनि त्यसका लागि सक्षम हुन आवश्यक रहेकाेमा जाेड दिइएकाे थियाे । महिलाहरूलाइ समेत सक्षम बनाउन सहयाेग पुगाेस भन्ने उदेश्यले संस्थाले महिला सदस्यहस्लाई उचित प्रशिक्षण दिईएको अध्यक्षा पुनले बताउनु भयो । त्यसैगरि प्रशिक्षणबाट महिला सदस्यहरुले महत्वपूर्ण उपलब्धी प्राप्त गर्ने आसा व्यक्त गनुृ भयो भने संस्थाका उपाध्यक्ष तथा प्रशिक्षक सुशिला शेरचनले सो प्रशिक्षणको उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै प्रशिक्षार्थीहरुले देखाएको चासो र सहभागिताले मात्र यसको उपलब्धीको मापन हुने विचार व्यक्त गर्नुभयाे । आगमी दिनमा समेत महिला सदस्यको माग बमोजिम अन्य विषयमा समेत विविध खाले प्रशिक्षण दिने जानकारी दिनु भयो। सो प्रशिक्षणमा व्यक्ति तथा समुह परिचयको विधी,कार्यक्रम उद्घोषण,नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धी सैद्धान्तिक ज्ञान लगायत संस्था तथा समुहको बैंठक संचालन तथा त्यसको निर्णय सम्बन्धी माइन्युट गर्ने तरिका बारे अभ्यासपूर्ण विधिले प्रशिक्षण दिइएको थियो । सो कार्यक्रममा ३० जना महिला सदस्यहरुले सहभागिता जनाएका थिए । सो प्रशिक्षण कार्यक्रममा संस्थाका सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्याल र प्रबन्धक विष्णप्रसाद पौडेल तथा प्रशिक्षक विद्या खनालको सहजीकरणा रहेकाे थियाे । सो प्रशिक्षणमा सहभागि महिला सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।