म्याग्दी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाबाट (खम्वीर) उद्घाटन गरिएको सो वार्षिक साधारणसभा आज भव्यरुपमा सम्पन्न भएको छ । संस्थापक अध्यक्षता तथा माननीय खमबहादुर गर्बुजाले साधारणसभालाई सम्बोधन गर्दै भन्नु भयो आज भन्दा १७ वर्ष पहिले काठमाडौंमा भएका म्याग्देलीहरुलाई संगठित र उनिहरुलाई वित्तिय ज्ञान सहित व्यवसायीक बनाउने उद्देश्यले म्याग्दी सहकारी स्थापना गरिएको स्मरण गराउँदै वर्तमान नेतृत्वले सो उद्देश्यलाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मा कार्य समितिलाई धन्यवाद दिनु भयो । त्यसैगरी संस्था स्थापनाकाल देखि नै यस सहकारीले सहकारीको नीति नियम र अनुसाशन पालना गरेको कारण आज म्याग्दी सहकारी सहजरुपमा सफलतापूर्वक संचालन भएको एउटा फरक उदाहरण हो यसले मलाई गौरव लागेको बताउनु हुँदै यस संस्थाको हरेक गतिविधिमा मेरो सरोकार र चासो रहने बताउनु भयो । त्यसैगरी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य तथा शेयर सदस्य बिमला गौचनले म्याग्दी सहकारीले महिला नेतृत्वका विकासमा उदाहरणिय भूमिका खेलेको प्रति सहकारीको प्रशंसा गर्दै, महिलाहरुले संचालन र नेतृत्व गरेको वित्तिय संस्थाहरु सफलरुपमा संचालन भएको बताउनु भयो भने गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता तथा शेयर सदस्य चिरिञ्जीवी शर्माले साधारणसभा सफलताको लागि शुभकामना दिनु हुँदै, देशका केहि सहकारीमा समस्या देखिए पनि म्याग्दी सहकारी त्यसबाट मुक्त देखिएकोमा खुशि व्यक्त गर्दै, यसका लागि संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद प्रकट गर्नु भयो । त्यसैगरी धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठ र सहकारी अभियन्ता डिल्लीराम तिवारीले अहिलेको विषम परिस्थितिमा पनि म्याग्दी सहकारी सहज र सफलरुपमा संचालन हुन् सहकारी अभियानका लागि गौरवको विषय हो यसका लागि संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई अभियानकोतर्फबाट धन्यवाद प्रकट गर्नु भयो । तथापि सहकारीमा देखिएको समस्याप्रति सबै सहकारीकर्मीहरु जिम्मेवार भई सहकारीको मर्म र भावना अनुसार संस्था संचालन गर्नु पर्ने बताउनु भयो । अतिथि लगायत सहभागिहरुलाई धन्यवाद दिनुहुँदै संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले एक हातका सबै औलाहरुले जसरी फरक फरक ढंगले कुनै पनी काम गर्न सजिलो हुन्छ, त्यसैगरी सहकारीमा पनि विभिन्न विषयमा विविखाले ज्ञान सीप र क्षमताका सदस्यहरुको सामुहिक योगदानले मात्र यस सहकारी सफल भएको स्मरण गराउँदै, यो आवश्यकता अवका दिनमा पनि निरन्तररुपमा चलि रहनु पर्ने खाँचो रहेको बताउुन भयो । संस्थाको १६औं वार्षिक साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधीसभाका सदस्य माननीय खमबहादुर गर्बुजा,गण्डकी प्रदेशसभाका सदस्य माननीय बिमला गौचन र गण्डकी प्रदेश सरकारका मूख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्मालाई संस्थाको तर्फबाट बधाई सहित शुभकामना पत्र प्रदान गरिएको थियो । १७ वर्ष अघि राजधानीमा स्थापना भएको यस संस्थाको संचालक समिति तथा लेखा समितिका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनका अनुसार अध्यक्षमा थदेवी पुन,उपाध्यक्षहरुमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिवमा टकबहादुर थापा,कोषाध्यक्षमा इन्द्रजित छन्त्याल,सहसचिवमा छकप्रसाद शेरचन र सदस्यहरुमा केशबहादुर गौचन,लेपप्रसाद पुर्जा,गीताकुमारी रावल,खिमबहादुर गुरुङ्ग,धनबहादुर भुजेल,हर्कनारायण घर्तिमगर,हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् भने लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यमा मदन थापा र धनबहादुर छन्त्याल निर्वाचित भएका छन् । संस्थाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थाको आ.व. २०७९÷८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत शेयर लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थामा बचत तथा ऋणमा योगदान गरी रु १ लाखको शेयर खरिद गर्नु भएका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा.हुमबहादुर बरुवाल, डा दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिनु का साथै बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । साधारणसभाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै संस्था विगतदेखि नै सामुहिक निर्णय र पद्धतिमा संचालन भएकोले आफुलाई संस्थाको नेतृत्वमा पुनः ल्याउन सबैको चाहना भएकोले मैले यो पदको जिम्मेवारी लिएको बताउनु हुँदै अहिलेको वित्तिय संकटलाई सामना गर्न सबै पक्षको सामुहिक योगदान हुनु जरुरी भएकोले यसतर्फ चनाखो हुन आग्रह गर्नु भयो । थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले र स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गर्नु भएको थियो भने अध्यक्षकोतर्फबाट वार्षिक प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा कलाकारहरुबाट सांगितिक कोसेलीहरु पनि प्रस्तुत गरिएको थियो । "Read More". Read More
६५औं सहकारी दिवसको अवसरमा आज म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.गोंगबुले सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफनै एप्स मार्फत मोवाइल बैकिङ्ग सेवाको शुभारम्भ गरेको छ । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले मोवाइल बैीकङ्ग सेवाको शुभारम्भ गर्नु भएको थियो । त्यसैगरी सो अवसरमा संस्थाका अध्यक्ष थदेवी पुनले केक काटेर ६५औं सहकारी दिवसको स्मरण गराउनु भएको थियो । साथ साथै संस्थाद्धारा नववर्ष २०७९ सालको वार्षिक क्यालेण्डरको समेत सामुहिकरुपमा सार्वजनिक गरिएको थियो । संस्थाले आजबाट शुभारम्भ गरेको नयाँ एप्सबाट सदस्यहरुले पानी, बिजुली,मोवाइल रिचार्ज,टिभी रिचार्ज,हवाइ टिकट,शेयर खरिद,रेमिटेन्स सेवा पाउनुका साथै आफनो खाताबाट अरु सदस्यलाई पठाउन सकिने छ भने मिनि व्यालेन्स स्टेटमेन्ट हेर्ने सुविधा उपलब्ध हुने छ । "Read More". Read More
काठमाण्डौ २४ पौष, २०७८ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति
काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३औँ बार्षिक साधारणसभा को उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार
म्याग्दी, २९ असार । काठमाण्डौस्थित गोगंवुमा संचालित म्याग्दी बचत तथा ऋण सहकारीद्धारा म्याग्दीस्थित मराङ र विमका बाढी पहिरो पीडितहरुलाई ८० हजार
Myagdi Saving and Credit Co-operative Society Ltd.
Gongabu Chowk
Kathmandu, Nepal
Skype:
myagdi.cooperative
Phone:
+977 1 4-365105, 4380467
Fax:
+977 1 4-385952
Email:
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
This email address is being protected from spambots. You need JavaScript enabled to view it.