६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न।

असोज ८,२०७९,काठमाण्डौ। १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा आज राजधानीको सामाखुशीमा सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन दिप प्रज्वलन गरि गर्नु भएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ४४ लाख शेयर पूजी तथा ३८ करोड ४० लाख बचत संकलन गरी ४२ करोड ६८ लाख कर्जा परिचालन गर्दै बाँडफाँड योग्य मुनाफा २ करोड १४ लाख मुनाफा आर्जन गर्न सफल भएको हुनाले सो साधारणसभाले सदस्यहरुलाई १० प्रतिशत शेयर लाभाँश प्रदान गर्ने निर्णय गरेको छ । कुल २०१५सदस्य रहेको यस संस्थाले उत्कृष्ट बचत कारोवार गर्नु हुने सदस्यहरु कृष्णकुमारी छन्त्याल,हर्कनारायण घर्तिमगर,तमती गर्बुजा र विद्या खनाललाई कदर पत्रले सम्मान गरेको छ भने असल कर्जा कारोवार गर्नु हुने टिकाभक्ति क्षेत्री र टनसुवा फगामीलाई कदर पत्र प्रदान गरेको छ भने संस्था स्थापनाकाल देखि निरन्तररुपमा संस्थालाई अतुलनिय योगदान दिनु भएका सहकारी अभियन्ता डिल्लीराम तिवारीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ । सोहि अवसरमा बचत तथा ऋणमा महत्वपूर्ण योगदान दिनु हुने ३५ जना नयाँ सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन,लेखा समितिको प्रतिवेदन,लेखा परिक्षकको प्रतिवेदन, संरक्षित पूँजीफिर्ता कोष,आ.व. २०७९/८० को नीति तथा कार्यक्रम र अनुमानित बजेटलाई स्वीकृत गर्नुृका साथै आ.व.२०७९/८०को लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै डा. ज्योति शेरचनले म्याग्दी सहकारीलाई ठूलो साइजमा भन्दा असल संस्थाकोरुपमा विस्तार गर्न चाहेको बताउनु भयो भने सहकारी अभियन्ता डिल्लीराम तिवारीले म्याग्दी सहकारी सफल हुनु मा म्याग्देलीहरुको सामुहिक सहभागिता र इमान्दारीता प्रमुख विशेषता भएकोले यसको भविष्य उज्ज्वल रहेको बताउनु हुँदै, यहाँ व्यक्तिगत स्वार्थ भन्ने आसय र शब्द १५ वर्षको यात्रामा कहिलै अनुभूति नगरेका स्मरण गराउनु भयो । त्यसैगरी साधारणसभा धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंकका गोंगबु शाखाका प्रबन्धक विनोद भट्टराईले शुभकामना मन्तव्य दिने क्रममा म्याग्दी सहकारीको वित्तिय कारोवार र अवस्थाका सकरात्मक पक्षका बारेमा प्रशंसा गर्नु भएको थियो । नयाँ शेयर सदस्यहरुकोतर्फबाट मन्तव्य दिने क्रममा म्याग्दी जिल्ला ओबरबोट गाविस स्थायी घरभई हाल राजधानीमा बसोवासरत उद्यमी तथा व्यवसायी तथा १० थकालीका जेठा धनबहादुर शेरचनले लामो समय पछि म्याग्देलीहरुले स्थापना गरेको यस सहकारीमा सदस्य बनी सामुहिकरुपमा प्रमाण पत्र ग्रहण गर्दाको क्षण मेरो लागि निकै महत्वपूर्ण रहेको बताउनु हुँदै यसको वित्तिय अवस्था अत्यन्तै राम्रो रहेकोले म सदस्य बनेको हुँ त्यसैले अरुलाई पनि सदस्य बन्न आब्हान गर्छु भन्नु भयो । संस्थाका उपाध्यक्ष सुशिला शेरचनको स्वागत मन्तव्य र कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालबाट संचालित सो कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने शेयर सदस्य तथा लोक गायक खडग गर्बुजा र संचालक राजन भुजेल र पुराना गायीका धनकुमारी गौचनले केहि लोकप्रिय गीतहरु प्रस्तुत गर्नु भएको थियो ।