६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित सहकारी ! समुन्नत समाज !! ”६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

न्यूज एंड इभेन्ट

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजारकाठमाडौंको गोंगबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटी बाढि पिडितहरुको लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा रु ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ

संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योती शेरचनको नेतृत्वमा गएको पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थितिमा उपाध्यक्ष सुशिला शेरचन र कोषाध्यक्ष इन्द्रजीत छन्त्यालले उक्त चेक प्रधानमन्त्रीलाई संयूक्त रुपमा हस्तान्तरण गर्नु भएको हो। सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार खमबहादुर गर्बुजाले टेबल क्यालेण्डर हस्तान्तरण गर्नुृ भएको थियो। त्यस अवसरमा संस्थाका सचिव दिपबहादुर छन्त्यालबाट संस्थाको संछिप्त जानकारी गराउँदै सहभागि पदाधिकारी मध्ये उपाध्यक्ष थमबहादुर छन्त्याल र सहसचिव लेपप्रसाद पुर्जालाई समेत परिचय गराइएको थियो।